वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले मुस्कान खातुनलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचाररत खातुनलाई नगर प्रमुख सरावगीले तीन लाख हस्तान्तरण गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका कार्यालयको तर्फबाट दुई लाख र नगर प्रमुख सरावगीको तलब भत्ता स्वरुप प्राप्त रकमबाट एक लाख रुपैया गरी तीन लाख रुपैयाँको चेक नगर प्रमुख सरावगीले हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्न अस्पताल पुगेका नगरप्रमुख सरावगीले वीरगञ्ज छपकैयाकी मुस्कानको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा समेत जानकारी लिएका छन् ।

परिवारको आर्थिक अवस्था कमजोर रहेको र मुस्कानको उपचार लामो समयसम्म गर्नुपर्ने भएकोले आर्थिक सहयोग गरिएको नगर प्रमुख सरावगीले बताए ।

‘मुस्कानको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक छ । त्यसका लागि विभिन्न दाताहरुसँग कुरा भईरहेको छ ।’ नगर प्रमुख सरावगीले भने ‘ मुस्कानको ओठको मुस्कान फर्काउन सबैले हातेमालो गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया