सुनको मूल्य तोलामा ३ सयले बढ्यो
नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य भने १ लाख ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।