नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया