पिपुल्स हाइड्रोपावरको आइपिओ खुल्यो
पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेकोे छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री नभएका आठ लाख छ हजार तीन सय ९० सहित कूल ५६ लाख छ हजार तीन सय ९० कित्ता साधारण शेयर प्रतिशेयर रु एक सय अ...