बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा पाँच सय रुपैयाँले बढ्दै ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा पाँच सय रुपैयाँले नै बढ्दै ९३ हजार एक सय रुपैयाँ पुगेको महासंघको जनाएको छ ।  

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा १० रुपैयाँले बढेर आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

तपाईको प्रतिक्रिया