सजिलैसँग कपाल स्ट्रेट गर्ने घरेलु तरिका
कपाल मानिसहरूको सौन्दर्यको पहिचान हो । महिला होस् वा पुरुष दुवैको व्यक्तित्व विकासमा कपालले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । राम्रो कपालले सामान्य देखिने मानिसलाई पनि आकर्षक बनाउने गर्छ ।
आजकल फेसन र आफ्नो इच्छाअनुसार ब्यूटी पार्लर धाएर धेरै पैसा खर्च गरेर केटीहरूले कपाल स्ट्रेट गरिरहेका हुन्छन् । जुनसुकै पहिरन र स्टाइलमा स्ट्रेट कपाल सुट गर्ने हुँदा धेरैजसोलाई कपाल स्ट्रेट गर्ने रहर हुन्छ । ...











