कपाल मानिसहरूको सौन्दर्यको पहिचान हो । महिला होस् वा पुरुष दुवैको व्यक्तित्व विकासमा कपालले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । राम्रो कपालले सामान्य देखिने मानिसलाई पनि आकर्षक बनाउने गर्छ ।

आजकल फेसन र आफ्नो इच्छाअनुसार ब्यूटी पार्लर धाएर धेरै पैसा खर्च गरेर केटीहरूले कपाल स्ट्रेट गरिरहेका हुन्छन् । जुनसुकै पहिरन र स्टाइलमा स्ट्रेट कपाल सुट गर्ने हुँदा धेरैजसोलाई कपाल स्ट्रेट गर्ने रहर हुन्छ । केटीहरू ब्यूटी पार्लर गइ विभिन्न केमिकलको प्रयोग गरेर कपाल स्ट्रेट बनाउने गरेपनि स्ट्रेट केही समयसम्म मात्र टिक्नुका साथै विभिन्न केमिकलको प्रयोगका कारण कपाल ड्यामेज समेत हुन सक्छ ।

केमिकल नफापेको खण्डमा कपाल टुक्रा हुने, सुक्खा भएर हाँगा फाट्ने, तातो स्ट्रेट गर्ने मेसिनको प्रयोगले कपाल टुट्ने, उम्रिएको कपाल पहिले जस्तै हुने हुँदा कपालको आकार ताते पाटे हुने तथा कपाल नबढ्ने जस्ता समस्याहरू देखापर्न सक्छ ।

त्यसैले, यस्ता केमिकल प्रयोग गरेर कपाल स्ट्रेट गर्नुभन्दा पनि घरेलु उपाय अपनाएर कपाललाई स्ट्रेट गरेमा कपाल कम ड्यामेज हुनुका साथै प्राकृतिक तरिकाले कपाल लामो मुलायेम तथा चम्किलो हुने गर्छ । घरेलु उपायहरूले छिट्टै नतिजा नदिने हुँदा मानिसहरू केही दिन प्रयोग गरेर छोड्ने गर्छ । तर, यसो भने गर्नु हुँदैन । घरेलु उपाय अपनाउँदा भने धैर्यता राख्नु पर्ने हुन्छ ।

कपाल स्ट्रेट गर्ने प्राकृतिक सजिलो घरेलु उपायः

कागती, दुई चम्चा तोरीको तेल र दुई चम्चा नरिवलको तेललाई मिलाएर बिस्तारै हातले कपालमा लगाउएर मसाज गर्दै सिधा सिधा तान्ने गर्नु पर्छ । मिश्रणलाई कपालमा राम्रोसंग लगाएर प्लास्टिकले २ घन्टासम्म छोपेर तातो पानीले धुने गर्नु पर्छ । यसले कपाललाई सिधा गर्न मद्दत गर्नुका साथै कपाललाई नरम, चम्किलो र स्वस्थ राख्दछ । यो तरिका हप्ताको एक पटक मात्र अपनाउने गर्नु पर्छ ।

तपाईको प्रतिक्रिया