सप्तरी गोलीकाण्ड: चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

सप्तरी गोलीकाण्ड: चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो
सप्तरी, सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ। स्थानीय युवा दीपेन्द्र यादवको संयोजकत्वमा संघर्ष समिति गठन भएको हो। संघर्ष समितिले आज साँझ प्रमुख जिल्ला अधिकारीलाई चारबुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ। यादवलाई गोली प्रहार गर्ने प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवलाई निलम्बन गरी कर्तव्य ज्यान मुद्दा दर्ता गर्न र प्रहरी उपरी...

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस

ट्रम्पको धम्कि पछि मोदीले पठाए अजित डोभाललाई रूस
नयाँ दिल्ली, अमेरिका र भारतबीच बढ्दो तनाव र रुसबारे बढ्दो कडा अभिव्यक्तिका बीच भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल रुस पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो चेतावनी र तीखो टिप्पणीका बिचमा डोभालको रूस भ्रमणको महत्व अहिले रणनीतिक र राजनीतिक बन्न पुगेको छ । उनको यो भ्रमण यस्तो समयमा भइरहेको छ, जब डोनाल्ड ट्रम्पले रुसी तेल र रक्षा उपकरण खरिदलाई लिएर भारतमाथि खुलेर हमला गरि...

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल
चितवन । भरतपुर अस्पताल प्रसूति सेवामा देशकै अग्रणी मध्येमा एक मानिन्छ । काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पताल हो यो । वार्षिक १६ हजार सम्मले सेवा लिएको यस अस्पतालमा हाल अन्य स्थानीय तहमै प्रसूति सेवा विस्तार भएकाले सेवाग्राहीको सङ्ख्यामा केही कमी आए पनि गत वर्ष अस्पतालमा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिए । जसमध्ये चार हजार ३८३ जना (५२.४५ प्रतिशत) को सामान्य ...

कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी

कालीगण्डकी नदी किनारबाट आमा–छोरा बेपत्ता, खोजी कार्य जारी
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारबाट एक आमा र उनका छोराको रहस्यमय बेपत्ता भएको घटनापछि सुरक्षा निकाय सक्रिय बनेका छन्। बुधवार साँझदेखि २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे सम्पर्कविहीन बनेका हुन्। उनीहरू कालीगण्डकी गाउँपालिका–४ बिर्घाका स्थायी बासिन्दा हुन्। बेपत्ताअघि उनीहरू बसेको भनिएको प्रतीक्षालयमा महिलाको झोला, चप्पल, ...

सुन्दरहरैचाको फलामे पुलमा युवती मृ,त फेला

सुन्दरहरैचाको  फलामे पुलमा युवती मृ,त  फेला
मोरङ : मोरङको सुन्दरहरैंचा–१० स्थित सुकुना खोलाको फलामे पुलमा एक युवती झु*न्डि,ए,को अवस्थामा मृत फेला परेकी छन्। इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कानेपोखरी गाउँपालिका–७ घर भई हाल सुन्दरहरैंचा–१० मा बस्दै आएकी १६ वर्षीया बविता विक बुधबार राति करिब ११ बजे मृत भेटिएकी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कानेपोखरीको केन्द्र विवाद टुंगियो, पालिकाको कार्यलय भौंसाबारी नै कायम

कानेपोखरीको केन्द्र विवाद टुंगियो, पालिकाको कार्यलय भौंसाबारी नै कायम
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विषयमा भइरहेको विवाद सर्वोच्च अदालतबाट समाधान भएको छ । उक्त पालिकाको केन्द्र ६ नम्बर वडा रमाइलोबाट ५ नम्बर वडाको भौंसाबारीमा सार्ने गरी पालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्याय...

बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर

बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं, विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो। अदालतले लिलाकुमारी मोक्तान, विश्वराज पोखर...

उत्तराखण्डको धरालीमा बाढी : करिब एकसय जना बेपत्ता, खोजी कार्य जारी

उत्तराखण्डको धरालीमा बाढी : करिब एकसय जना बेपत्ता, खोजी कार्य जारी
नयाँदिल्ली : घातक हिमाली आकस्मिक बाढीको एक दिनपछि बेपत्ता भएका व्यक्तिहरूको खोजी गर्न भारतीय सेनाले बुधबार स्निफर कुकुर, ड्रोन र भारी अर्थ–मुभिङ उपकरणहरू ल्याएको छ । उत्तराखण्ड राज्यको धराली सहरमा हिलो र फोहोरमैलाको पानीले एउटा साँघुरो पहाडी उपत्यकाको पहरो भत्काएपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने ११ जना सैनिकसहित करिब एक सय जना बेपत्ता भएका छन् । ‘थप सेना टुकडीहरू, सेनाका ट्र्याकर कु...

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत

मृगौला खराब भएमा अनुहारमा देखाउन थाल्छ संकेत
काठमाडौं, धेरै पटक हाम्रो अनुहारले संकेत दिन्छ, हामीले तिनीहरूलाई चिन्न आवश्यक छ। अचम्मको कुरा के छ भने यसको प्रारम्भिक लक्षण प्राय हाम्रो अनुहारमा देखिन थाल्छ । आउनुहोस् यी लक्षणहरू बारे जान्नुहोस्, जसले तपाईंको मृगौलाको स्वास्थ्यको बारेमा बताउन सक्छ। आँखा मुनि सुन्निनेः यदि तपाईको आँखा मुनि लगातार सुन्निरहेको छ हो भने यो मिर्गौला सम्बन्धी समस्याको संकेत हुन सक्छ। पहेंलो र थकित छालाः मृगौला फेल ...

हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित

हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित
भोजपुर / अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्। मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताइन्। फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति ...