लेटाङ–२ की अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि भएको दिनै आरोपितको घरमा तोडफोड
मोरङ । लेटाङ नगरपालिका–२, फडानीकी अंशु गौतमको दुई महिनापछि अन्त्येष्टि गरिएको छ। गत असोज २१ गते बेपत्ता भएकी अंशु बलात्कारपछि हत्या गरिएको पुष्टि भएको थियो।
उनको हत्या प्रकरणमा छिमेकी पदमबहादुर अधिकारीलाई गत मंसिर १९ गते प्रहरीले पक्राउ गरेको थियो। प्रहरीद्वारा आइतबार सार्वजनिक गरिएपछि मंगलबार आफन्त तथा स्थानीयको उपस्थितिमा अंशुको अन्तिम संस्कार सम्पन्न गरिएको हो।
१८ दिनपछि जंगलमा भेटिएको थि...











