बाढी पहिराले देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध : सडक विभाग
काठमाडौं : अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा बिहीबार सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।
सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पु...











