सुन तोलाको डेढ लाख नजिक पुग्यो
नेपाली बजारमा सुनको भाउले दोस्रो दिन पनि कीर्तिमानी उचाइ छोएको छ । साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
मंगलबार प्रतितोला १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार रुपैयाँले बढेको छ । यस दिन प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला १ लाख ४९ हजार १०० रुपैयाँमा खरिदबि...