कंकालिनी मन्दिरमा पूजा गर्न जाँदै गर्दा दुर्घटना, एकजनाको मृत्यु
सुनसरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका–८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
लौकहीबाट सप्तरीको कंकालिनी मन्दिरमा बोका लिएर पूजा गर्न जाँदै गरेको बा ३० प ३८७६ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेको गधालाई बचाउने क्रममा दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार ७० वर्षीय करनबहादुर गुरुङको मृत्यु भएको हो।उनी गम्भीर घाइते भई उपचारका क्रममा न...











