तरहरा : इटहरी उपमहानगरपालिका–२० तरहरा खार्सला टोलमा मंगलवार राति करिब ९ बजेतिर चोरी भएको छ।
दीपेन्द्र खवासको घरमा कोही नभएको बेलामा अज्ञात व्यक्तिले ताल्चा फोडी करिब १४ लाख रुपैयाँ बराबरका सुनका गरगहना चोरी गरेको प्रहरीले जनाएको छ।घरधनी दीपेन्द्र खाना खान बुबा विन्द्रमान खवासको घर गएको बेला चोरले अमूल्य गरगहना चोरी गरेको हो।
रानीहार ४ तोला, औंठी ८ आना, झुम्का ८ आना, छड्के १२ आना, तिलहरी ३ आना र सुनको बाला १ तोलासहित जम्मा करिब ७ तोला सुनका गरगहना लिएर फरार भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी तरहराबाट प्रहरी नायब निरीक्षक टीका नेपालको कमाण्डमा टोली खटिएको थियो।चोरीमा संलग्न व्यक्तिहरूको खोजतलास भइरहेको तरहरा प्रहरी चौकीले जनाएको छ।

तपाईको प्रतिक्रिया