संसद्मा सुहाङको प्रश्न: जनतालाई सास्ती थप्नेगरी इम्बोस्ड नम्बर प्लेट किन ?
काठमाडौं : प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नियम किन ल्यायो भन्दै प्रश्न गरेका छन् । सवारी चलाउने नागरिकमा एक पछि अर्को भार रहेको बताउँदै उनले जनशक्ति, पूर्वाधार र प्रविधिको विकास नगरी किन नियम मात्र थोपरिन्छ भन्दै प्रश्न गरे ।
प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै नेम्बाङले भने, ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहन...











