अब सरकारी कर्मचारीलाई खाजा खाने समय ३० मिनेट मात्र
काठमाडौं । सरकारले सरकारी कार्यालयको खाजा खाने समय ३० मिनेट तोकेको छ ।
यसअघि खाजा खाने समयमा सेवाग्राहीका काम रोकिएको गुनासो आएपछि सरकारी कार्यालयहरुको खाजा खाने समय ३० मिनेट कायम गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “खाजा पनि खानुपर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनुहुँदैन, कतिपय सरकारी कार...