लेटाङ। मोरङको लेटाङ(९ जाँते निवासी ३९ वर्षीय डोलेश्वर पौडेलको शव १७ दिनपछि अन्ततः आफ्नै घर आइपुगेको छ। रोजगारीको खोजीमा टुरिस्ट भिसामा दुबई गएका पौडेलको २०८१ भदौ ५ गते राति सुतेकै अवस्थामा मृत भेटिएको थियो। तर, उनको शव नेपाल ल्याउन झण्डै दुई साताको समय लाग्यो, जसले प्रवासमा रहेका नेपालीहरूको जीवन र चुनौतीहरूको यथार्थलाई पुनः उजागर गरिदिएको छ।
पौडेल तीन महिना अघि रोजगारीका लागि दुबई गएका थिए, तर यो छोटो समयमै उनको असामयिक निधन भयो। दुबईमा रहेका उनका साथीहरूले पौडेललाई भदौ ५ गते बिहान उठाउन खोज्दा मृत अवस्थामा फेला पारेका थिए।

तपाईको प्रतिक्रिया