सक्किगाेनीका कलाकार ‘सिते बा’मधुसूदन पाठक पनि सहकारी घाेटलामा मुछिए , छानबिन समितिले लियो बयान
इटहरी । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कलाकार मधुसूदन पाठक (सिते बा) सँग बयान लिएको छ। शनिबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा बोलाएर विभिन्न ८ वटा सहकारीको संलग्नताबारे सोधपुछ गरिएको समितिका सभापति सूर्य थापाले जानकारी दिए।
उनका अनुसार, पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन्। उनी अन्य ८ वटा सहकारीसँग आबद्ध रहेको थापाले बताएका छन्।
...