कर्मचारीलाई कार्यसम्पादन करार सम्झौता गराउँदै कुलमानले दिए कडा निर्देशन
विराटनगर– सेवा प्रवाहमा गुणात्मक सुधार ल्याई सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले मातहतका निकायसँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।
विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाह सुधारमा केन्द्रित भई वितरण तथा ग्राहक सेवातर्फका केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न शुरु गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शुक्रबार प्रदेश नं १ को प्रादेशिक कार्यालय...