काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् ।

कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए ।

सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ’ थापाले सामाजिक सञ्जालमा लेखेका छन्, दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा। बाँकी सबै व्यक्तिगत धारणा हुन्।‬’

शुक्रवार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष शेरबहादुर देउवाले मोहम्मद अफताब आलमको पक्राउलाई षड्यन्त्रको आरोप लगाउँदै १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताएपछि आलोचना भएको थियो ।

तपाईको प्रतिक्रिया