इटहरी उपमहानगरले विद्युतीय बस सञ्चालन गर्दै
सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ ।
नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ। सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन ग...