डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्यांकका अनुसार डेंगुबाट एकजनाको मृत्यु भएको पुष्टि भइसकेको छ।

अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय  एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो।

गत जनावरी देखि हालसम्म ७३ जिल्लाका २ हजार ३६५ जनामा डेंगु पोजिटिभ देखिएको महाशाखाले जनाएको छ।

हालसम्म ५ जिल्लामा एकसय भन्दा बढीमा डेंगु पोजिटिभ आइसकेको महाशाखाको तथ्यांकले देखाउँछ। काठमाडौंमा २८७, कास्कीमा १३७, झापामा १३३, चितवनमा ११६ र तनहुँमा ११० जनामा डेंगु देखिएको छ

तपाईको प्रतिक्रिया