लिम्पियाधुरातर्फ पनि भारतीय सडक

लिम्पियाधुरातर्फ पनि भारतीय सडक
काठमाडौं : भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ । कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए । त्यसपछि धार्मिकस्...

नेकपा विवाद : नेताहरू आ–आफ्नै थान्कामा

नेकपा विवाद : नेताहरू आ–आफ्नै थान्कामा
काठमाडौं । नेकपा स्थायी कमिटी बैठक गत असार १० गते सुरु भएर १२ र १३ गते सौहार्दपूर्ण रूपमा चल्यो । बैठकमा भारतद्वारा अतिक्रमित भूमि लिम्पियाधुरासहितको नक्सा जारी गरेको भन्दै अधिकांशले सरकारको प्रशंसा गरे । स्थायी कमिटीका सातमध्ये यो दोस्रो एजेन्डामा ६ जना सदस्य बोल्नै बाँकी थियो, मदन जयन्ती र धान दिवसका कारण बैठक स्थगित भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन जयन्तीका अवसरमा बालुवाटारमा भ...

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?

लकडाउन हट्यो : के-के खुल्दै, के-के खुल्न बाँकी ?
काठमाडौं । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट जारी गरेको लकडाउन झन्डै चार महिनापछि मंगलबार राति अन्त्य गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णयअनुसार मंगलबार लकडाउन अन्त्यको जानकारी दिएका हुन् । ‘हामीले अब लकडाउन छ भन्नुपरेन । लकडाउनले मनोवैज्ञानिक त्रास दिएको छ,’ उनले भने । ...

नेपालमा लकडाउन आजबाट अन्त्य

नेपालमा लकडाउन आजबाट अन्त्य
सरकारले आज राती (मंगलबार) मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन औपचारिक रुपमा अन्त्य गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिएका हुन्। सरकारले दैनिक संक्रमितको सख्या घट्दै गएको र अवस्था सामान्यतर्फ उन्मुख भएको निष्कर्षका साथ लकडाउन खो...

नेपालमा मंगलबार पछिल्लो २४ घण्टामा ६०९ जना डिस्चार्ज

नेपालमा मंगलबार  पछिल्लो २४ घण्टामा  ६०९ जना डिस्चार्ज
काठमाडौँ / नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९६३ नमूना परीक्षणमा १५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कूल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । आज सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महो...

 सप्तकोशीमा यो बर्षकै उच्च बहाव ,खोलियो ४६ वटा ढोका ,खतराको संकेत

 सप्तकोशीमा यो बर्षकै उच्च बहाव ,खोलियो ४६ वटा ढोका ,खतराको संकेत
सप्तकोशीमा पानीको बहाव यो बर्षकै उच्च भएको छ । पानी बहाव बढे संगै खतराको संकेत पार गरेको छ । मंगलबार बिहान ६ बजे गरिएको मापनअनुसार पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो वर्षकै उच्च मापन हो । कोशी ब्यारेजमा २ लाख क्युसेक प्रतिसेकेन्ड मापन हुँदा खतराको तह पार गर्छ । बहाव उच्च भएपछि ५६ मध्ये ४६ वटा ढोका खोलिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजका दुईव...

१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो

१५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ६५८ पुग्यो
काठमाडौं / नेपालमा आज थप १५६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ६५८ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था स...

दिप्रुङ चुईचुम्माले कक्षा सञ्चालनका लागि शिक्षकको आरडिटि परिक्षण गराए

दिप्रुङ चुईचुम्माले कक्षा सञ्चालनका लागि  शिक्षकको आरडिटि परिक्षण गराए
कोरोना भाइरसको कारण  अवरुद्ध भएको शैक्षिक क्रियाकलापहरु पुन संचालन गराउनको लागि  खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ६२ शिक्षकको आरडिटि परिक्षण गरिएको छ ।  ठप्प भएको पठन पाठनलाई साउन ७ गतेबाट सुचारु गराउनको लागि गाउँपालिका बाहिरबाट गाउँपालिका भित्रिएका शिक्षक/शिक्षिकाको हरुको शनिबार आरडिटि परिक्षण गरिएको र सबै को  रिपोर्ट भने नेगेटिभ नै आएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । कोरोना भा...

सक्रिय संक्रमित ५,८२५ मात्रै

सक्रिय संक्रमित ५,८२५ मात्रै
काठमाडौं । नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय २५ जनामा झरेको छ । यो कुल संक्रमितको संख्यामध्ये ३३ दशमलव २८ प्रतिशत हो । गत १६ असारमा सबैभन्दा धेरै सक्रिय संक्रमित १० हजार ३ सय ४१ जना पुगेको थियो । सक्रिय संक्रमितमध्ये प्रदेश १ मा ७९, २ मा १ हजार ८ सय ४४, बाग्मती प्रदेशमा ४ सय ११, गण्डकी प्रदेशमा ४ सय आठ जना आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

जान गाह्रो, पुगेपछि स्वर्ग

जान गाह्रो, पुगेपछि स्वर्ग
गोरखा । प्रसिद्ध धार्मिकस्थल मनकामना र भालेश्वर सहज रूपमा पुग्न केबलकार चलाइयो। मौलाकाली पुग्न गैंडाकोटबाट लामो सिँढी बनाइयो। यस्ता कैयन् तीर्थस्थलमा भक्तजनको यात्रालाई सहज बनाइँदै छ। गोरखामा भने यस्तो तीर्थस्थल छ, जहाँ पुग्न भक्तजन पहराको बाटो आउजाउ गर्छन्। परापूर्वकालदेखि नै १५ मिटरको यात्रा पहरा समातेर, पहरामै टेकेर गर्ने गरेको स्थानीय बताउँछन्। चुमनुब्री गाउँपालिका–३ स्थित नेडुप्च्यु ...