एसइई परीक्षा स्कुलबाटै विद्यार्थीको आन्तरिक मूल्यांकन गरिने
यस वर्षको एसइई परीक्षा नगर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ । बुधबारको बसेको बैठकले एसइई परीक्षा नलिने निर्णय गरेको हो ।
विद्यालयहरुले नै आफ्नो आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीहरूको ग्रेड निर्धारण गर्ने निर्णय सरकारले गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पेश गरेको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदले उक्त निर्णय लिएको हो । गत चैत ६ गतेदेखि गर्नुपर्ने कक्षा १० को एसइई परीक...











