कपिलवस्तुमा थप १० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १२० पुग्यो
काठमाडौं । सोमबार कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु कपिलवस्तुको यशोधरा गाउँपालिका ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का बासिन्दा हुन् । संक्रमितहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर नखु...










