कर्मचारीलाई बीमासहित जोखिम भत्ता
जिल्लाका नौवटै स्थानीय तहले कोभिड–१९ को विरुद्ध परिचालन हुने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलबबाहेक जोखिम भत्तासहित बीमा सुविधा प्रदान गर्ने जनाएका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणमा संलग्नका लागि मनोबल बढाउन सो सुविधा प्रदान गर्न लागिएको बताइएको छ ।
स्थानीय तहका कर्मचारीलाई जोखिम भत्तासहित बीमा सेवा सुविधा दिने निर्णय गर्दै सबै कर्मचारीलाई कोरोना भाइरसविरुद्ध आ–आफ्नो क्षेत्रबाट खट्न आग्रह...










