पोखरीमा डुबेर दुई बालकको मृत्यु

पोखरीमा डुबेर दुई बालकको मृत्यु
 सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ । नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।  सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको समेत सहयोगमा राती अबेरसम्म खोजतलास गर्दा पनि फेला नपरेका इल...

मधेसमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षामन्त्रीलाई पत्र

मधेसमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षामन्त्रीलाई पत्र
मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंहले उक्त प्रदेशमा बूढानीलकण्ठ स्कूलको शाखा स्थापना गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन् । मुख्यमन्त्री सिंहले हालै शिक्षामन्त्री श्रेष्ठलाई त्यससम्बन्धी एक पत्र हस्तान्तरण गर्दै सो आग्रह गरेका हुन् । उक्त शाखा सञ्चालनका लागि सहिद परिवारका कम्तीमा एकजना विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने प्रतिबद्धत...

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट तीन हजार युवा लाभान्वित
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पाँच वर्षको अवधिमा तीन हजार बढी व्यक्ति लाभान्वित भएका छन् ।  आर्थिक वर्ष २०७५-७६ देखि कार्यक्रम लागू भएदेखि हालसम्म तीन हजार ११ व्यक्तिले रोजगार प्राप्त गरेका नगरपालिकाका रोजगार संयोजक मायाकुमारी श्रीवास्तबले जानकारी दिइन्। उनका अनुसार यस अवधिमा उक्त कार्यक्रमबाट छ करोड ३४ लाख ७१ हजार चार सय खर्च भएको छ ।  आव २०७५-७६ मा स्...

प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने

प्रधानमन्त्रीले राजीनामा नदिने,विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तत्काल  राजीनामा नदिने भएका छन् । मंगलबार बिहान बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिइ विश्वासको मत लिने निर्णय गरेको हो। बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्रीबाट तत्काल राजीनामा नदिने र संसदको फेस गर्ने निर्णय भएको बताए। 'प्रधानमन्त्रीले गलेर छोड्ने कुरा भएन। गणित सो गर्न जाने। संसद फेस गर...

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने

नयाँ गठबन्धनमा सहभागी नहुने रास्वपाको निर्णय, मन्त्री फिर्ता बोलाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । अर्को सरकार बन्ने प्रक्रिया सुरु भएपछि मन्त्रीहरू फिर्ता बोलाउने बैठकपछि पार्टीका सचेतक सन्तोष परियारले बताए । ‘नयाँ गठबन्धन यो घटना देश र जनताको हितमा छैन । यसले राजनीतिक स्थायित्व दिन सक्दैन भन्ने हाम्रो बुझाइ छ,’ उनले भ...

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : सुमना श्रेष्ठ

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छ : सुमना श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् । २०८० को एसईई परीक्षाको नतिजाका विषयमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह, अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी क...

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि समय तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसा...

टिपरले लियो आमाको ज्यान,छोरा गम्भिर घाईते

टिपरले लियो आमाको ज्यान,छोरा गम्भिर घाईते
टिपरले किचेर उर्लाबारी–६ गोपालचौककी सिता बोहोराको घटनास्थलमै ज्यान गएको छ । सोमबार साँझ उर्लाबारी चौकमा स्कुटरमा सवार उनलाई टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै रहेको उनको छोरा गम्भिर घाईते छन । उनको बिराटनगरमा उपचार भईरहेको छ । घटनापछि आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर...

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार

कोशी अस्पतालमा हाइड्रोसीलको निःशुल्क उपचार
विराटनगरमा रहेको कोशी अस्पतालमा हाइड्रोसील भएका बिरामीको निःशुल्क शल्यक्रिया हुने गरेको छ । विगत सात वर्षदेखि कोशी अस्पतालमा निःशुल्क शल्यक्रिया हुने गरेको हो । तीन वर्षमा २४८ जनाको शल्यक्रिया गरिएको अस्पतालका फोकल प्रशन डा. क्षितिज गिरीले जानकारी दिए । प्रत्येक वर्ष कोशी अस्पतालमा हाइड्रोसिलको उपचार गर्ने बिरामीको संख्या बढ्दै गएको उनले बताए । आर्थिक वर्ष २०७८/०७९ मा कोशी अस्पतालमा ६२ जना हाइड...

लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ

लागूऔषध मुद्दामा फरार रहेका व्यक्ति खैरो हेरोइनसहित पक्राउ
लागूऔषध मुद्दामा फरार रहेका एक जना व्यक्ति लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित मोरङको सुन्दरहरैँचाबाट सोमबार पक्राउ परेका छन्। सुन्दरहरैँचा नगरपालिका–४ बाट ४४ वर्षीय अमृतबहादुर भुजेललाई प्रहरी चौकी गछिया र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह (पिट)को संयुक्त टोलीले बिहान ११ बजेतिर पक्राउ गरेको हो।  भुजेलको घर तेह्रथुमको लालीगुराँस नगरपालिका–९ र सुनसरीको धरान उपमहानग...