टिपरले किचेर उर्लाबारी–६ गोपालचौककी सिता बोहोराको घटनास्थलमै ज्यान गएको छ ।
सोमबार साँझ उर्लाबारी चौकमा स्कुटरमा सवार उनलाई टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । उनीसँगै रहेको उनको छोरा गम्भिर घाईते छन । उनको बिराटनगरमा उपचार भईरहेको छ । घटनापछि आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यलय उर्लाबारीमा ढुंगामुढा प्रहार गरेका थिए । स्थिति तनावग्रस्त भएपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

तपाईको प्रतिक्रिया