सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते

सवारी दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते
कपिलवस्तुको बुद्ध भूमि नगरपालिका– ४ झडुलामाईमा यात्रु बाहक बस र पिक अप ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा ८ जना घाइते भएका छन् । आज बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको क.प्र. ०२–००१ख ०५२५ नम्बरको बस र लु१च ९२८४ नम्बरको पिक अप एक आपसमा ठोकिँएका थिए। घटनामा पिक अपका चालक कपिलवस्तु शिवराज नगरपालिका बस्ने हिरालाल बढईको घटना स्थलमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय...

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

एसईईको नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजना अनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिए । उनले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्न...

धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या

धारिलो हतियार प्रहार गरी आफ्नै आमाको हत्या
आफ्नै आमाको हत्या आरोपमा भोजपुरको अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुका पौने ६ बजे उनले आफ्नै आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाको जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्...

विराटनगरमा गर्भवती महिलालाई पौष्टिक आहार, सुत्केरी आमालाई न्यानो झोला

विराटनगरमा गर्भवती महिलालाई पौष्टिक आहार, सुत्केरी आमालाई न्यानो झोला
विराटनगर महानगरपालिकाले गर्भवती महिलालाई पौष्टिक आहार र सुत्केरी आमालाई न्यानो झोला वितरण गर्न थालेको छ। महानगरपालिकाले सुरक्षित मातृत्व तथा बाल मृत्युदर न्युनीकरण गर्नका लागि आमा तथा गर्भवती महिला लक्षित कार्यक्रम अभियानको रुपमा गरिरहेको हो । महानगरभित्रका १९ वटै वडाका सुत्केरी आमा र शिशुको स्वास्थ्य अवस्थालाई मजबुत बनाउन न्यानो झोला कार्यक्रमलाई अगाडी बढाउन थालेको विराटनगर महानगरपालिका स्व...

कोशी प्रदेशबाट भित्रियो मनसुन

कोशी प्रदेशबाट भित्रियो मनसुन
यस वर्षको मनसुन प्रणाली आजदेखि नेपाल भित्रिएको छ ।कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ । अब देशको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ । नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल...

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न
 देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ । प्रसारण लाइनले करिब ४...

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
 भोजपुरको आफ्नै आमा ६८ वर्षीया निर कुमारी तामाङको खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बी बस्ने ३४ वर्षीय मिलन तामाङलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  मिलनले खुर्पा प्रहार गरी निर कुमारीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
नेपाली सेनामा भर्ति गराइदिन्छु भन्दै  १ लाख ७० हजार रूपैयाँ ठगी गरेको आरोपमा पोखरा महानगरपालिका-५ पर्स्याङ बस्ने २७ वर्षीय घर्मराज थापालाई प्रहरीले पक्राउ गरेको छ । थापाले आफूलाई पोखरामा रहेको आर्मी फिटनेस सेन्टरको सञ्चालक बताउँदै नेपाली सेनाको माथिल्लो तहका हाकिमलाई चिनेको भनी बाग्लुङ घर भएका १९ वर्षीय युवकलाई नेपाली सेनामा भर्ती गराईदिन्छु भनि झुठ्ठा आश्‍वासन दिलाई पटकपटक गरी उक्त रकम ठगी गरे...

डुब्‍न जोगिने उपाय सिकाउन सेतीमा पसेका सशस्त्रका जवानले गुमाए ज्यान

डुब्‍न जोगिने उपाय सिकाउन सेतीमा पसेका सशस्त्रका जवानले गुमाए ज्यान
अरुलाई आकस्मिक रुपमा डुब्नबाट जोगिने उपाय सिकाउन सेती नदीमा पसेका सशस्त्र प्रहरीका एकजना जवानले ज्या गुमाएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति बझाङको आयोजनामा बाढी र त्यको क्षति न्यूनीकरणका लागि सेती नदीमा भएको कृत्रिम अभ्यासका क्रममा डुबेर सशस्त्रका जवानले ज्यान गुमाएका हुन् । सोमबार सेती नदीमा डुबेर जवान बझाङकै केदारस्युँ गाउँपालिका–७ खिकीरीका २९ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्रसिंह ध...

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई महानगरको सम्मान

अन्तरजातीय विवाह गर्ने दश जोडीलाई महानगरको सम्मान
भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गरेका (दलित र गैरदलित) १० जोडीलाई सम्मान गरेको छ। एक कार्यक्रमका बीच भरतपुर महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् । सम्मानित हुनेमा भरतपुर महानगरपालिका–१९ का आशिष विक र शान्ति घर्ती, भरतपुर–१९ कै सुवन गहतराज र शान्ता श्रेष्ठ, भरतपुर–२३ का नविन विक र कमला श्रे...