आफ्नै आमाको हत्या आरोपमा भोजपुरको अरुण गाउँपालिका वडा नं. ४ ल्याङडाँडा चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बेलुका पौने ६ बजे उनले आफ्नै आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनाको जानकारी पाउनासाथ अस्थाई प्रहरी पोष्ट चरम्बी र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोली खटिइ मिलनलाई पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया