हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित
भोजपुर / अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन्। पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन्।
मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताइन्। फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति ...











