झापाको पाउ पाथिभरामा भेटीबाट एक करोड ४२ लाख सङ्कलन
मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ ।
समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१÷८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ , सहयोग रसिद...











