वीरगन्ज नाकाबाट एकै दिनमा ११८ बुलेट ग्यास भित्रियो
वीरगन्ज : कोरोनाको त्रासले नेपाली बजारमा खाना पकाउने ग्याँसको अभाव देखिए पनि भारतबाट वीरगन्ज नाका हुँदै साविकको भन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको छ।
वीरगन्ज नाका हुँदै शुक्रबार मात्रै १ सय १८ बुलेट अर्थात २१ लाख २४ हजार किलोग्राम ग्याँस भारतबाट नेपाल भित्रिएको छ। जसमध्ये काठमाडौं उपत्याकाका लागि ५१ बुलेट र अन्य ठाउँका लागि ६७ बुलेट पठाइएको नेपाल आयल निगमले जनाएको छ।
गत बिहीबार पनि भा...











