कोरोना अपडेट : नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण जसमध्ये १० डिस्चार्ज
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्।
नेपालमा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये १० निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले ७...










