२७ दिनपछि सुर्खेतकी इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार गरिँदै
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्।
जिल्ला अदालत सुर्खेतले बलात्कार र हत्या प्रकरणमा चार जना अभियुक्तलाई बाल सुधार गृहमा पठाउने आदेश दिएपछि परिवार शव बुझ्न तयार भएकाे हाे ।
बिहीबार भेरी पुल नजिकको सम्झिघाटमा दाहसंस्कार गरिने तयारी गरिएको परिवारले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका–१ क्षेत्रमा गत फागुन २३ गते इनिशा मृत अवस्था...











