जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय
गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले  भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेक...

सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा

सुनसरीले लकडाउन उल्लङ्घन गर्ने ७५ जनालाई नियन्त्रणमा
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नका लागि गरिएको लकडाउन उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । नियन्त्रणमा लिइएकालाई सामाजिक दूरी, कोरोनाबाट बच्ने उपायलगायत विषयमा प्रशिक्षण दिएर छाडिएको प्रहरीले जनाएको छ ।

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)

कोरोना अपडेट : स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्‍मेलन (लाइभ)
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ।  नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म २४६ जनामा कोरोना संक्रमण देखिएको छ। ३५ जना निको भएका छन् । सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सब...

सीमामा अलपत्र झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो

सीमामा अलपत्र झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइयो
रुपन्देहीको सीमापारि रहेका झण्डै ८ सय नेपालीलाई रुपन्देही ल्याइएको छ। भारतका विभिन्न ठाउँबाट आएर सीमा नजिक क्वारेन्टाइनमा बसेका उनीहरुलाई रुपन्देही ल्याइएको हो। लामो समयसम्म क्वारेन्टाइनमा बसेका उनीहरु जबरजस्ती नेपाल छिर्न खाजेपछि स्थानीय प्रतिनिधिको अगुवाईमा सीमावारि ल्याएर क्वारेन्टाइनमा राखिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले जानकारी दिए। त्यसरी नेपाल आएका नेपालीको संख...

युएईमा ६ जना नेपाली कामदारहरुलाई निर्घात कुटपिट

युएईमा ६ जना नेपाली कामदारहरुलाई निर्घात कुटपिट
युएईमा नेपाली कामदारहरुलाई निर्घात रुपमा कुटपिट गरिएको छ।  युएइको दुबईमा जबिल अलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपालीहरुलाई यसरी कुटपिट गरिएको हो। कुटपिट हुँदा पाँच नेपाली घाइते भएका छन्। बाङ्लादेश मुलका कम्पनीका सुपरभाइजर र अरु विदेशी कामदार मिलेर नेपालीहरुलाई कुटेको पीडितहरुले बताएका छन्। ‘कोठामा ६ जना थियौं मोबाइलमा लुडो र क्यारेमबोर्ड खेलिरहेका बेला उनीहरु आएर मर्ने गरी पाइपल...

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज

आजदेखि एक जिल्लाबाट अर्को जिल्ला जान कडाइ, सबै ई–पास खारेज
गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै ई–पास आज देखि लागू हुने गरी खारेज गरेको छ। पास नभई सवारी आवागमन गरे अर्को जिल्ला पुग्नु अगावै रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ। यसअघि पास प्राप्त भएपछि निर्बाध रुपमा एक जिल्लाबाट अर्को जिल्लामा जान पाउने व्यवस्थालाई रोक्दै मन्त्रालयले आवतजावतमा कडाइ गरेको हो। मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक जिल्लाबाट अर्को जिल्ला...

सांसद बिकास कोषलाई कोरोना कोषमा परिणत गर्नु पर्दछ – सांसद रामकुमारी चौधरी

सांसद बिकास कोषलाई कोरोना कोषमा परिणत गर्नु पर्दछ – सांसद रामकुमारी चौधरी
काठमाडौं / संसदमा अर्थ मन्त्री युवराज खतिवडा ध्दारा प्रस्तुत विनियोजन विधेयक ,२०७७ का सिध्दान्त र प्राथमिकतामा सुझाव दिने क्रममा सांसद राम कुमारी चौधरीले सांसद बिकास कोषमा छुट्टाउदै आएको रकम कोरोना कोषमा लगाउनु पर्ने सुझाएकी छिन । कोभिड १९ ले विश्व भरी नै मानव जाती लाई बिनास गर्ने गरि महामारी फैलीरहेको सन्दर्भमा नेपाल सरकारको तयारीमा भने अपुग रहेको बताइन् । अहिले नेपाल सरकारले कोरोना परिक्षण एक...

खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति

खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने डब्लूएचओ दाबी, लकडाउन खुकुलो पारेकोमा आपत्ति
विश्व स्वास्थ्य संगठन (डब्लुएचओे)ले खोप पत्ता लागेपनि कोरोना भाइरस निर्मूल पार्न नसकिने स्पष्ट पारेको छ । डब्लुएचओका आपतकालीन निर्देशक डाक्टर माइक रायनले कोरोना भाइरस नियन्त्रणका लागि भविष्यवाणी नगर्न आग्रह गरेका हुन । कोरोनाविरुद्धको खोपले पनि यसलाई निर्मुल पार्न नसकिने उनको भनाइ थियो । कोरोनाको अहिलेको जस्तो महामारी नियन्त्रण भएपनि पूर्ण रुपमा निर्मूल पार्न नसकिने डब्लूएचओको भनाइ छ । ...

विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु

विश्वभर कोरोना : ४३ लाख ४२ हजार संक्रमित, २ लाख ९६ हजारको मृत्यु
विश्वभर ४३ लाख ४२ हजार ५ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बिहीबार बिहानसम्मको तथ्यांक अनुसार सर्वाधिक संक्रमण फैलिएको देशमा अमेरिका सबैभन्दा अगाडि छ। त्यहाँ १३ लाख ८९ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ४२ हजार २ सय ७१, बेलायतमा २ लाख ३० हजार ९ सय ८५, स्पेनमा २ लाख २८ हजार ६ सय ९१, इटालीमा २ लाख २२ हजार १ सय ...