थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो

थप दुई जनामा देखियो कोरोना, संक्रमितको संख्या ५९ पुग्यो
 नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेकाे नेपालगंजका ६० वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे। उनीहरु दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए। आज (शुक्रबार) थप भएका २ जनासहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। हालसम्म १६ जना निको ...

स्वास्थ्यको बजेट तयारी : ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड

स्वास्थ्यको बजेट तयारी : ५३ अर्ब ८३ करोडको सिलिङ, महामारी तथा रोग नियन्त्रणलाई जोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आर्थिक वर्ष २०७७/०७८ को बजेटको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ५३ अर्ब ८३ करोड ५४ लाख रुयैयाँ बराबरको बराबरको सिलिङ पाएको स्वास्थ्य मन्त्रालयका उपसचिव लिलाराज पौडेल जानकारी दिए। उनले भने, ‘स्वास्थ्य मन्त्रालयले नीति तथा कार्यक्रम प्रस्ताव अर्थ मन्त्रालयमा पेस गरेको छ। अब हरेक महाशाखाको शीर्षक अनुसारको सिलसिलेवार छलफल...

घर जान निस्केकाहरू दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र

घर जान निस्केकाहरू दुई दिनदेखि बालकुमारीमा गाडीभित्रै अलपत्र
लकडाउन लम्बिँदै जाँदा काठमाडौंमा खान–बस्न समस्या भएपछि घर जान निस्किएका पूर्वका ५० नागरिक दुई दिनदेखि ललितपुरको बालकुमारीमा गाडीभित्रै अलपत्र परेका छन् । उपत्यकाका विभिन्न क्षेत्रबाट घन्टौँ हिँडेर बालकुमारीमा जम्मा भएका उनीहरू प्रहरीले गाडी छुट्न नदिएपछि बिलखबन्धमा परेका हुन् । उदयपुरको बेलका नगरपालिकाले पास दिएर पठाएको गाडी मंगलबार साँझ काठमाडौंबाट यात्रु लैजाने योजनामा थियो । सूचनाअनुसार विभि...

कुवेतमा एकैदिन १० जना नेपालीमा कोरोना संक्रमण

कुवेतमा एकैदिन १० जना नेपालीमा कोरोना संक्रमण
कुवेतमा एकैदिन १० जना नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधवार थप १० जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ६१ पुगेको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार १० नेपालीसहित ३ सय जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ३ हजार ७ सय ४० पुगेको छ । अहिलेसम्...

कोरोनाबाट २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्र ६१ हजार बढीको ज्यान गयो

कोरोनाबाट २ लाख २८ हजार भन्दा बढीको मृत्यु, अमेरिकामा मात्र ६१ हजार बढीको ज्यान गयो
विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर रुपमा बढीरहेको छ । महामारीको रुप लिएको यो भाइरसका कारण पछिल्लो २४ घण्टामा मात्र विश्वभर ८१ हजार ३ सय संक्रमित थपिँदा साढे ६ हजार व्यक्तिले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २८ हजार संक्रमित थपिँदा २ हजार ३६९ जनाको मृत्यु भएको छ । केही दिन रोकिएको कोरोना संक्रमण त्यहाँ फेरि तीव्र गतिमा फ...

एसईई र ११ कक्षाको नतिजा निकाल्न विद्यालयलाई नै देऊ : प्रतिष्ठान

एसईई र ११ कक्षाको नतिजा निकाल्न विद्यालयलाई नै देऊ : प्रतिष्ठान
गणेशमान सिंह अध्ययन प्रतिष्ठानले यस वर्षको एसईई र ११ कक्षाको परीक्षा स्थगित गरी अघिल्ला परीक्षाहरुका आधारमा विद्यालयहरुले नै उत्तीर्ण वा अनुत्तीर्णको प्रमाण पत्र दिन सरकारलाई सुझाव दिएको छ । कक्षा १२ को परीक्षा भने सावधानीका सबै उपायहरु अपनाइ सञ्चालन गर्न र एसईईलाई आगामी वर्षदेखि सदाका लागि अन्त्य गर्न प्रतिष्ठानको राय छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले माध्यमिक शिक्षा परीक्षा (...

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार परिक्षण हुन् बाँकि

नेपालमै कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार परिक्षण हुन् बाँकि
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मूल गर्ने औषधि तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडीबुटीको सम्मिश्रणबाट त्यस्तो औषधिको निर्माण गरेको दाबी गर्दै गरेका हुन् । भारतको बनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेस्टी«मा पिएचडी उप...

नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण संक्रमितकाे संख्या ५७ पुग्याे

नेपालमा एकैदिन थप तीन जनामा कोरोना संक्रमण संक्रमितकाे संख्या ५७ पुग्याे
 बुधबार एकैदिन तीनजनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनिहरूमा संक्रमण देखिएकाे बताइएकाे छ । संक्रमितहरू जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षीय पुरुषहरू हुन् । तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सह...

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ९ लाख ५२ हजार बढी निको भए

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख १७ हजार नाघ्यो, ९ लाख ५२ हजार बढी निको भए
विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुने र सक्रमितको संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार २ लाख १७ हजार ७ सय ६३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । संक्रमित ३१ लाख ३५ हजार ८ सय ९५ मध्ये ९ लाख ५२ हजार ९ सय ९० जना उपचारपछि निको भएका छन् । अमेरिकामा १० लाख ३५ हजार २ सय ४० जना कोरोना संक्रमित हुँदा ५९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । स्पेनमा २ लाख ३२ ...

पूजा शर्माको आज जन्मदिन, कति वर्ष लागिन् त ?

पूजा शर्माको आज जन्मदिन, कति वर्ष लागिन् त ?
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका पूर्जा शर्माको आज जन्मदिन परेको छ । सिन्धुपाल्चोकमा जन्मेकी उनले आज आफ्नो २७ औं जन्मदिन मनाउदैछिन् । चलचित्र ‘थ्री लभर्स’ बाट नेपाली चलचित्रमा पाइला टेकेकी पूजाले म यस्तो गीत गाउछु, प्रेम गीत, अझै पनि, रामकहानी, पोई पर्यो काले लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । पछिल्लो समय उनी कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण घरमै छिन् ।