नेपालमा आज थप दुई जनामा कोरोना संक्रमण भेटिएको छ। रुपन्देहीका २५ वर्षका पुरुष र बाँकेकाे नेपालगंजका ६० वर्षका पुरुषमा काेराेनाकाे संक्रमण देखिएकाे हाे।

उनीहरु दुवै जनाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र स्वास्थ्यकर्मीकाे निगरानीमा रहेकाे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।

आज (शुक्रबार) थप भएका २ जनासहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। हालसम्म १६ जना निको भएर घर फर्किसकेका छन्।

 

 

तपाईको प्रतिक्रिया