संसद्‌मा सुहाङको प्रश्न: जनतालाई सास्ती थप्नेगरी इम्बोस्ड नम्बर प्लेट किन ?

संसद्‌मा सुहाङको प्रश्न: जनतालाई सास्ती थप्नेगरी इम्बोस्ड नम्बर प्लेट किन ?
काठमाडौं : प्रतिनिधि सभाका सांसद सुहाङ नेम्बाङले सरकारले हतारमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने नियम किन ल्यायो भन्दै प्रश्न गरेका छन् । सवारी चलाउने नागरिकमा एक पछि अर्को भार रहेको बताउँदै उनले जनशक्ति, पूर्वाधार र प्रविधिको विकास नगरी किन नियम मात्र थोपरिन्छ भन्दै प्रश्न गरे । प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा भाग लिँदै नेम्बाङले भने, ‘जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय उठाउन चाहन...

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
बेइजिङ, प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औं वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी भएका छन्। सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख-सरकारप्रमुखलाई स्वागत गरेका थिए। प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए। जनवादी गणतन्त्र चीनका राष्ट्रपति चिनफिङको मैत्रीपूर्ण निम...

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो

बाढीले कञ्चनपुरमा ४५ घर डुबानमा, महाकालीको जलस्तर बढ्यो
आइतबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा ४५ घर डुबानमा परेका छन् । यहाँको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका नदीमा आएको बाढी बस्तीमा पस्दा ४५ घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टोल र जर्गा टोलमा जोगबुढा नदीको बाढी पस्दा २५ घर डुबानमा परेको बताए। त्यसैगरी दोधारा चाँद...

सुनको मूल्यमा नयाँ रेकर्ड,प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ

सुनको  मूल्यमा नयाँ रेकर्ड,प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ
सुनको मूल्य सोमबार (आज) पनि बढेपछि नयाँ रेकर्ड बनेकाे छ । प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा रेकर्ड बन्न थालेको हो । आज सोमबार फेरि तोलामा २ हजार बढेसँगै अर्को उच्च रेकर्ड बनेको छ । आज प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४ सय २५ रुपैयाँ रहेको चाँदी आज २ हजार ४ स...

घातक भूकम्पमा सयौं मारिएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ

घातक भूकम्पमा सयौं मारिएको आशंका, राहत र उद्धार कार्यमा कठिनाइ
काठमाडौं ,अफगानिस्तानको पूर्वी क्षेत्रमा गएको भूकम्पमा ३० जनाभन्दा बढीको मृत्यु भएको पुष्टी भइसकेको छ। भूकम्पबाट नान्गारहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएका छन्। अधिकारीहरूका अनुसार ११५ भन्दा बढी घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। बीबीसीको पश्तो सेवाका अनुसार तालिबान सरकारले यस भूकम्पमा सयौंको मृत्यु भएको हुन सक्ने आशंका व्यक्त गरेको छ। अफगानिस्तानको अनलाइन मिडिया एरियानान्युजका अनुसा...

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात

पूर्वीनाका काँकरभिट्टाबाट साउन महिनामा एक अर्ब २३ करोडको कृषि जन्यवस्तु निर्यात
झापा : प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/ ८३ को साउन महिनामा रु एक अर्ब २३ करोड ५३ लाख ८६ हजार बराबरको कृषि जन्यवस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी सन्तोष थापाका अनुसार निर्यात हुने मुख्य वस्तुहरुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त एक महिनाको अवधिमा सबैभन्दा धेरै चिया रु ...

सप्तकोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो

सप्तकोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो
सुनसरी, सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ। आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो। प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका...

चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट

चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेट
काठमाडौं ,प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेट भएको छ। चीनमा (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी कार्यक्रममा मुलुकका लागि आयोजित स्वागत समारोहमा ओली र मोदीबीच भेटवार्ता भएको हो। मोदी आफ्नो आधिकारिक सामाजिक सञ्जाल एक्समा उनले ओलीसँगको तस्बिर हाल्दै लेखेका छन्, ‘नेपालका प्रधानमन्त्री केपी ओलीसँग तियान्जिनमा भेट भएकोमा अत्यन्तै हर्षित छु। भारत-नेपालको सम्बन्ध चिर...

नेपालमा उत्पादन हुन थाल्यो ‘एन्टीबायोटिक’ रहित अण्डा

नेपालमा उत्पादन हुन थाल्यो ‘एन्टीबायोटिक’ रहित अण्डा
पछिल्ला वर्षहरुमा नेपालमा उत्पादन हुने अण्डा एन्टीबायोटिकरहित हुने गरेको छ । सरकारले कुखुरामा एन्टीबायोटिक प्रयोग गर्न रोक लगाएपछि अन्य विधिबाट रोग नियन्त्रण गरेर अण्डा उत्पादन गरिएको हो । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यापक डा अनन्त दाहालले नेपालका अधिकांश पोल्ट्री फार्महरुमा एन्टीबायोटिक प्रयोग गर्न छाडिएको बताए । आफूले अतिरिक्त समयमा परामर्श एवं पोषण हेर्दै आएक...

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई
काठमाडौं। मिस नेपाल वर्ल्ड २०२५ को उपाधि लुना लुइँटेलले जितेकी छन्। शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपालको उपाधि जितेकी हुन्। उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगादिइन्। २६ जना फाइनलिस्टमध्ये मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन्।