विराटनगरको मेरिल्याण्ड कलेजद्वारा कक्षा १२ का ६८७ विद्यार्थीलाई भव्य बिदाई
विराटनगर /विराटनगरको रंगेली रोडस्थित प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाई गरेको छ।
आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले आज शुभकामनासहित बिदाई गरेको हो।
कलेजका प्रिन्सिपल लक्ष्मण ढकालका अनुसार व्यवस्थापन संकायको २३औँ ब्याचका ६८७ जना विद्यार्थीहरूलाई...











