बुढीगंगामा प्रथम गोल्डकप : स्थानीय खेलाडीलाई राष्ट्रियस्तरमा पुर्याउने लक्ष्य
मोरङको बुढीगंगा गाउँपालिकाले प्रथम बुढीगंगा गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी चैत २१ देखि २७ गतेसम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले आफ्नै पहलमा फुटबल टिम तयार पार्दै गोल्डकप आयोजना गर्न लागेको हो। पछिल्लो एक वर्षदेखि गाउँपालिकाले फुटबल, भलिवल, कबड्डी र डोरीतान लगायतका खेलका खेलाडीलाई नियमित प्रशिक्षण दिँदै आएको ...











