इटहरीमा दशैको मासु पकाउँदै गरेकी २५ वर्षीया महिलाको हत्या, श्रीमान पक्राउ
इटहरी । घरेलु विवादका क्रममा इटहरी उपमहानगरपालिका–१२ मा २५ वर्षीया महिलाको हत्या भएको छ । खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा कोठा भाडामा बस्दै आएका ३० वर्षीय सुमन दाहालले सोमबार साँझ आफ्नी श्रीमती अनिसा भट्टराईलाई काठको बटमले प्रहार गर्दा उनको ज्यान गएको हो ।
दाहालले राति करिब ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी भट्टराईलाई प्रहरीले उद्धार ...











