कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक

कक्षा १२ को पूरक परीक्षा भदौ २८ र २९ मा, फारम बुझाउने सूचना सार्वजनिक
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को पूरक (मौका) परीक्षासम्बन्धी समयतालिका तथा आवेदन फारम बुझाउने प्रक्रिया सार्वजनिक गरेको छ। बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा एनजी प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विष...

आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

आफ्नै १७८ कार्यकारी आदेश मध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय
वासिंगटन डिसी, अमेरिकी राष्ट्रपति ट्रम्प सत्तामा आएको १९४ दिन नाघेको छ । तर, उनको यो कार्यकाल अबधिमा उनले उथलपुथल र यु टर्न गर्न बाध्य भएको देखिएको छ। सबैभन्दा ठूलो अस्थिरता महसुल नीतिहरूमा देखिएको छ। अहिलेसम्म ट्रम्पले ट्यारिफ सम्बन्धी २८ वटा निर्णयमा यू–टर्न लिइसकेका छन् । ट्रम्प प्रशासनले अहिलेसम्म रेकर्ड १७८ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेको छ, जसको अर्थ हरेक दिन लगभग एक नयाँ आदेश आएको देखिन...

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव
काठमाडौं , खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताए । उनले भने, ‘बोलबम संस्कृति...

सप्तकोशीमा पानीको बहाव उच्च, २३ वटा ढोका खुला

सप्तकोशीमा पानीको बहाव उच्च, २३ वटा ढोका खुला
सुनसरी । वर्षाका कारणले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको थियो । आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उनले जानकारी दिए ।कोशी ब्य...

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेवाट खुल्ने

काेरियाकाे भाषा परीक्षाका लागि साउन २६ गतेवाट खुल्ने
काठमाडौं, दक्षिण कोरियाको ईपीएस भाषा परीक्षा साउन २६ गतेवाट खुल्ने भएको छ । दक्षिण कोरियाको मानव संसाधन विकास सेवाले वेबसाइटमार्फत उक्त जानकारी दिएको हो। उसका अनुसार साउन २६ गतेदेखि साउन ३१ गतेसम्म आवेदन दिन सकिने छ। दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो। त्यसअन्तर्गत सन् २००८ बाट कामदार लैजाने क्रम जारी छ ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन्। नेपाल...

प्रेम विवाहपछि यातना : श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा

प्रेम विवाहपछि यातना : श्रीमती मृत अवस्थामा फेला, श्रीमान प्रहरी नियन्त्रणमा
कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेपछि घटनाले रहस्यपूर्ण मोड लिएको छ। आइतबार आफ्नै घरभित्र २० वर्षीय सम्झना भट्टको शव झ्याल ढोकामा चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीले श्रीमान पवन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार मृतक सम्झनाको शरीरमा कुटपिटका घाउ–चोट देखिएको र विगतदेखि घरेलु हिंसामा प...

उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह

उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
उदयपुरमा अति भारी वर्षा भएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार उदयपुरको गाईघाट स्टेशनमा १३२ मिलिमिटर वर्षा मापन भएको । गत २४ घण्टायताको यो देशभरकै धेरै वर्षा हो । लगातार ठूलो वर्षा भएपछि उदयपुरमा जलसतह पनि उल्लेख्य मात्रामा बढेको छ । त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गरेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह पार गर...

ट्रम्पको दोस्रो कार्यकालमा देश निकाला दोब्बर : अमेरिकाबाट ७ हजार २४४ भारतीय देश निकाला

ट्रम्पको दोस्रो कार्यकालमा देश निकाला दोब्बर : अमेरिकाबाट ७ हजार २४४ भारतीय देश निकाला
काठमाडौँ : अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेसँगै भारतीय नागरिकको देश निकाला दोब्बर भएको छ । अमेरिकी अध्यागमन प्रशासनले कडा नीति लागू गरेपछि सन् २०२५ को पहिलो सात महिनामा मात्रै १ हजार ७०३ भारतीयलाई देश निकाला गरेको छ । भारतीय विदेश मन्त्रालयका अनुसार, सन् २०२० जनवरीदेखि २०२५ जुलाईसम्मको साढे पाँच वर्षमा अमेरिका बाट ७ हजार २४४ भारतीयलाई विभिन्न कारणमा फिर्ता पठाइएको छ। तीमध्ये...

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन

मन्त्रीहरूको तलब भत्ता अब मन्त्रिपरिषद्को निर्णयमा, पुरानो कानुन संशोधन
काठमाडौं, अबदेखि प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मको तलब, भत्ता र सेवासुविधा तय गर्ने अधिकार मन्त्रिपरिषद्को जिम्मामा हुने भएको छ। अघिसम्म ‘मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०४९’ अनुसार निर्धारण हुँदै आएको तलब सुविधा अब संशोधित कानुनी व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले निर्धारण गर्नेछ। नेपाल राजपत्रमा प्रकाशित संशोधन अनुसार, अब तलब सुविधा नेपाल सरकारले सूचना प्रकाशित गरी तोक्नेछ। नयाँ व...