काठमाडौँ : अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेसँगै भारतीय नागरिकको देश निकाला दोब्बर भएको छ ।

अमेरिकी अध्यागमन प्रशासनले कडा नीति लागू गरेपछि सन् २०२५ को पहिलो सात महिनामा मात्रै १ हजार ७०३ भारतीयलाई देश निकाला गरेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार, सन् २०२० जनवरीदेखि २०२५ जुलाईसम्मको साढे पाँच वर्षमा अमेरिका बाट ७ हजार २४४ भारतीयलाई विभिन्न कारणमा फिर्ता पठाइएको छ।

तीमध्ये झन्डै एक चौथाइ अर्थात् १ हजार ७०३ जनालाई ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि निष्कासित गरिएको हो।

तपाईको प्रतिक्रिया