जेनजि आन्दोलन: प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन
हेटौँडा । बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ।
असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्।
सचिवालयका एक अधिकारीका अनुसार, कुर्सीदेखि कार्यालय सञ्चालनका अ...











