कोरोना भाइरसको असर, निगम र हिमालयले दोहा उडान रोके
काठमाडौं । कतारले कोरोनाको कारण देखाउँदै नेपालसहित १५ वटा मुलुकका नागिरकलाई अर्को सूचना जारी नभएसम्मलाई प्रवेश रोक लगाएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सले काठमाडौंबाट हुने नियमित उडान स्थगन गरेका छन् ।
सातामा ५ वटा काठमाडौं दोहा उडान गर्दै आएको हिमालय एयरलायन्सले सोमबारदेखि उडान स्थगन गरेको हो। हिमालयले अर्को सूचना जारी नहुन्जेललाई आफ्ना दोहाका लागि हुने सबै उडान स्थगन हुने भनेको छ।
...











