इटहरीमा सवारी पार्किङ तथा सरसफाई शुल्क उठाउने जिम्मा पाएका ठेकेदार कम्पनीले इटहरीमा दादागिरी मच्चाएको छ । टेम्पो तथा सफारी चालकहरु माथि ज्यादती मात्र नभई साङघातिक हमला समेत गर्न थालेका छन । एक हप्ताको अबधीमा २ जना टेम्पो र सफारी चालक माथि निर्घात कुटपिट गरेका हुन ।

फागुन २३ गते इटहरीका टेम्पो चालक काजी बहादुर गिरीले विना कारण कुटाई खाए । गिरीलाई कुटपिट उपमहानरपालिकाको कर उठाने क्रममा बिवेक पौडेल र मनिश पौडेल गरेका हुन । ठुलो ठुलो स्वरमा बोल्दै दुई दाजु भाईले गिरीलाई हमला गरेका थिए । कुटपिट बाट घाईते भएका गिरीको इटहरी स्थित एपेक्स अस्पतालमा उपचार गराईएको थियो ।

कर उठानेहरुले नै फागुन १८ गते हटिया लाईनमा सफारी चालक बिजय महतोलाई कुटपिट र सिटि रिक्सा तोडफोड गरेका थिए । उनको रिक्सा कसले तोडफोड गरेको हो भन्नेर नाम खुल्न सकेको छैन । तर तोडफोड गरेको भिडियो भने सार्वजनिक भएको छ । आफुले पैसा नदिएको भन्दै पैसा उठाउँनेले मेरो कुरा सम्म नसुनी कुटे महतले भने । तर मैले बार्षिक पैसा तिरेर सफारी कुदाउँदै आएको थिए । त्यो पनि भन्नु नपाई मलाई कुटे उनले भने ।

इटहरी उपमहानगरले सिटि रिक्सा चालकको हक हितमा काम गर्न सकेको छैन । हामीले सिटि रिक्सा चालको हक हितको निम्ति थुप्रै आन्दोलनहरु गर्यौँ, कर उठाउँने हो कि कुटपिट गर्ने हो नेपाल अटो तथा इ रिक्सा स्वरोजगार व्यवसायी यूनियनका अध्यक्ष भुपाल पौडेलले भने । कर उठाउँने पनि तरिका हुन्छ नि, हामीले बार्षिक कर तिरे पनि के को दैनिकी कर तिर्नु पर्यो ? महतोले बार्षिक १५ सय कर तिरेका थिए ।

इटहरीमा अन्य ठाउँमा कर उठाउँनेको हर्कत त्यस्तै छ । मनपरी तरीकाले कर उठाउँदै आएका छन् । कतिलाई थकाउछन्, सफारी आउदैछ पुरै छेकेर सफारी रोक्छन् अध्यक्ष पौडेलले भने । बिहानै मान्छे लिएर हिडेको हुन्छ बोहोनी पनि भएको हुदैन कर काट कर काट भन्छन । अहिले पैसा छैन् भन्दा मनपरी बोल्छन् र कुटौला झै गर्छन्, हामी मजदुरलाई धेरै नै हेप्छन् संगीत चोकमा सिटि सफारी रोकेर बसेका चालकले नाम नभन्ने सर्तमा भने ।

यसरी भयो महत माथि आक्रमण

महतो नगरपालिका अगाडी बाट तिन जना मान्छे छोडेर हटिया लाईनमो हटिया लाईनमा सामान किन्दै थिए । महतोको श्रीमती आलु चप प्याजि बेच्छीन् । त्यस बेला उनी पनि साथमा थिईन् । उनीहरु एक आपसमा घराएसी कुरा गर्दै थिए ।

त्यहि क्रममा कर उठाउँने एक युवा आएर बट्टी काट्ने पर्छ भन्दै भने महतोले भने मैले त बार्षिक कर तिरेको छु । यो हेर्नु स्टिकर भने तर ति युवाले कर तिर्नु पर्छ भन्दै यो स्टिकर उकाउन खोजे तर सकेनन् । अनि उनले सफारीको चाबी निकाले अनि महतो आफ्नो चाबी लिन पछि पछि गए तर चाबी दिएनन् ।

त्यही क्रममा युवाहरुले महतोलाई भटाभत कुटन् थाले, कुटपिट गरे पछि महतो रिक्सा छोडेर इलाका प्रहरी कार्यलय इटहरी आएर आफ्नो ज्यान बचाउन माग गरे । त्यस बेला उनका एक साथिहरु आएर भने तेरो सफारी केटाहरुले तोडफोड गरिरहेका छन ।

महतो त्यहाँ पुग्दा उनको सफारी तोडफोड भैसकेको थियो । तोडफोडको क्रममा ऐना र अगाडीको लाईट तोडफोड गरेको महतो बताउँछन् । ती युवाले तोडफोड गरेको भिडियो स्थानीयहरुले खिचिरहेका थिए ।

कसले गर्दैछ करमा दादागिरी ?

इटहरी उपमहानगरपालिका असपासमा पाथिभरा कन्ट्रकसन प्रा.लि ले कर उठाउँछ । आर्थीक बर्ष ०७६।०७७ को ठेक्का पाएको थियो । पाथिभराले ८० लाख २५ हजार एक सय ११ मा ठेक्का पाएको थियो । यो ठेक्का अब ०७७ असार मसान्तमा सकिन्छ ।

पाथिभरा कन्ट्रकसन जीवन न्यौपानेको हो । उपमहानगरपालिकाले तोकेको कर उनले उठाउँदै आएका छन् । सिटी सफारीको दैनिक कर १५ रुपैया (करबाहेक) छ र बार्षीक १५ सय उठाउँदै आएका हुन्छन् । ठेकेदार न्यौपानको बलमा कामदारहरुले दादागिरी मच्चाएका छन ।

कर उठाउँने मुख्य ढाँट बस पार्क बाट इटहरी आउने बाटोमा छ । अन्य चोकहरुमा पनि कामदार राखेर उनीहरुले कर उठाउँने गरेका छन् । कर उठाउँदा प्राय जसो कामदारहरु असभ्य शैलीमा नै कर उठाउँने गरेका छन्

के भन्छ प्रहरी ? 

महतोलाई कुटपिट भए पछि इलाका प्रहरी कार्यलय इटहरीमा पाथिभरा कन्ट्रकसन प्रा.लि.लाई मुद्धा हाले । तर कम्पनीको कसैलाई पनि कारर्वाही भएन । उनीहरुलाई मिलाउने तर्फ नै प्रहरी लाग्यो । अहिले सम्म पनि प्रहरीले कर उठाउँने युवालाई पक्राउ गर्न सकेको छैन् ।

इटहरीका डिएसपी धर्मराज भण्डारीले भने कुटपिट गर्ने र दुबै पक्ष बाहिर मिल्ने गरेको बताए । सामान्य विवाद आउँछ तर उनीहरु आफै मिले पछि हामी के गर्नु उनले भने । उनले भने जानुहोस तपाई आफै खोजेर खोज पत्रकारिता गर्नुहोस । कुटपिट गर्नेलाई २ जनालाई भने प्रहरीले पक्राउ गरेको थियो । तर दुबै पक्षको मिलापत्र पछि उनीहरु पनि छुटेका छन ।

तपाईको प्रतिक्रिया