तराईमा शीतलहरले जनजीवन प्रभावित, यसरी थालियो जोगिने तयारी
काठमाडौँ । शीतलहर सुरु भएसँगै अत्यधिक चिसो बढेर तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । गत मंगलबारदेखि जनकपुरधाम, वीरगन्ज, कलैया, गौर, मलंगवा, जलेश्वर, लहान र राजविराजलगायतमा बिहान बाक्लो हुस्सु लाग्ने गरेको छ । चिसोबाट जोगिन घर र चोकहरूमा भेला भएर धुनी बालेर ताप्ने क्रम बढेको छ ।
जाडोले किसान, विद्यार्थी, कर्मचारी र बिरामीलाई कठिनाइ भएको छ । जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश भूभाग हु...











