छोरीलाई जन्म दिएलगत्तै प्रदेशसभा सदस्य सरिता पुनको निधन
काठमाडौँ : लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। शनिवार काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन सेन्टरमा उपचारको क्रममा उनको मृत्यु भएको हो।
एमाले पोलिटब्युरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काका अनुसार रुकुम पूर्व, तकसेराकी पुनले केही दिनअघि शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसपछि दोस्रो शल्यक्रियामार्फत उनको मुटुमा ...











