इटहरीकाे हवाइचाेकमा दिउसै लुटियाे सुनकाे सिक्रि , गाेजी छाम्दा नभेटिएकाे सुन पेटमा देखिएपछि अस्पताल राखेर निग्रानी
इटहरी । सुनसरीको इटहरी-२ हवाइचोकबाट शुक्रबार बजार भर्न पुगेकी एक महिलाबाट लुटिएको सुन अभियुक्तले निलेपछि प्रहरीले निगरानीमा राखी थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ। इटहरी-३ की ४७ वर्षीया बेदकुमारी खड्काले घाटीमा लगाएको झन्डै एक तोलाको सुन हवाइचोकमा लुटिएको थियो।
लुटपाटमा संलग्न जिल्ला पर्सा, वीरगन्ज महानगरपालिका-२० का २२ वर्षीय सुनिल कुमार राय र अर्का ११ वर्षीय बालक पिन्टु रायलाई प्रहरीले पक्र...











