क्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री एन्ड्रिया जेरेमियाले धेरै दर्शकको मन जितिसकेकी छिन् । तर, उनले आफूले फिल्ममा पाएको रोनबाट न्तुष्ट नरहेको खुलासा गरेकी छिन् । उनले हालै एक अन्तरवार्तामा आफू फिल्ममा बेडरुम सिन गर्दागर्दा थाकिसकेको बताएकी हुन् ।
एन्ड्रियाका अनुसार उनलाई धेरैजसो फिल्ममा बेडरुम सिन अफर गरिन्छन् । एन्ड्रियाले गौतम वासुदेव मेननको निर्देशनमा बनेको फिल्म ‘पचिकिली मुथुचरम’बाट डेब्यू गरेकी थिइन् । डेब्यूभन्दा पहिले उनले कन्नड फिल्म ‘नाल मुधाल’मा सानो रोल गरेकी थिइन् ।
एन्ड्रिया पछिल्लो पटक फिल्म ‘वादा चेन्नइ’मा देखिएकी थिइन् जसको निर्देशन वेतिमारनले गरेका थिए । यो फिल्ममा पनि उनले बेडरुम सिन गरेकी थिइन् । फिल्मीबीटसँग कुरा गर्दै उनले फिल्महरुमा एउटै किसिमका बेडरुम सिन गर्दा बोर भइसकेको बताइन् ।
एन्ड्रियाले कसैले आफूलाई राम्रो रोल अफर गर्छन् र त्यो रोल आफूलाई मन परेमा आफ्नो पारिश्रमिक घटाउन पनि तयार रहेको बताइन् । अहिले एन्ड्रिया तलपति विजयसँग फिल्म मास्टरमा व्यस्त छिन् । यो फिल्ममा एन्ड्रियाको भूमिका अहम हुने बताइएको छ ।